बसको ठक्करबाट पैदलयात्रीको मृ*त्यु भएपछि स्थानीयद्वारा राजमार्ग बन्द

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १८:२३
Image of https://mayorsap.com/storage/photos/shares/sadaka-bnatha.jfif

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखालमा आज बिहान बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा सडकछेउमा हिँडिरहेका स्थानीय ६५ वर्षीय दिलबहादुर श्रेष्ठलाई बिहान ८ बजे सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६५७९ नं को बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा दिउँसो १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको स्थानीय राजन कार्कीले जानकारी दिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार, ठक्कर दिने बस अर्को बससँग ’कम्पिटिसन’ गर्दै तीव्र गतिमा आएको र श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्टाएको थियो ।

श्रेष्ठको मृत्युपछि उनका आफन्तहरूले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् । 

घटनापछि चालक फरार रहेकाले प्रहरीले बस नियन्त्रणमा लिई चालकको खोजी गरिरहेको जनाएको छ। ।


Facebook Comments