सिमरामा तनाव नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते ०४:४९
Image of https://mayorsap.com/storage/photos/shares/bara-jhadap.jfif

सिमरा । बाराको सिमरामा जेन–जी प्रदर्शनकारीहरूले सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि एक राउन्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरूको मुख्य माग, बुधबार शान्तिपूर्ण प्रदर्शनमा अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने रहेको छ । प्रहरीका अनुसार, अरविन्द निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन्, यद्यपि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

यसैबीच, जेन–जी समूहबीच आन्तरिक विवाद उत्पन्न भएको छ । सिडिओले बोलाएको वार्तामा जानका लागि जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा अन्य समूहले सहमतिको अभाव भन्दै विरोध गरेपछि उनी फर्किएर सिमराको मुख्य बजारमा छलफल गरिरहेका छन् ।

अरविन्द साह पक्राउ नपरेसम्म वार्तामा नजाने अडानमा केही समूह देखिएका छन् ।


Facebook Comments