आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते २०:५६
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । मूल्य घटेसँगै आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर रु तीन हजार १०० कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments