दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति युनमाथि अनुसन्धान हेरफेरको नयाँ अभियोग
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०४:११
काठमाडौं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई समुद्री डुबान दुर्घटनाको अनुसन्धान प्रतिवेदन हेरफेर गर्न खोजेको आरोपमा शुक्रबार नयाँ आपराधिक अभियोग दर्ता गरिएको छ । यसअघि डिसेम्बर ३ को मार्शल ल डिक्रीसँग सम्बन्धित विद्रोहको आरोपमा युन पदच्युत भएका थिए ।
नव–निर्वाचित राष्ट्रपति ली जे–म्युङले युनसँग सम्बन्धित घटनाहरूको छानबिन गर्न विशेष सल्लाहकारहरू नियुक्त गरेका थिए । शुक्रबार, एक स्वतन्त्र विशेष वकिलले युन, पूर्व रक्षामन्त्री तथा अन्य १० जनामाथि शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन् ।
सन् २०२३ मा बाढीपीडितहरूको खोजी तथा उद्धार अभियानका क्रममा मृत्यु भएका समुद्री कोरका जवान चाए सु–ग्युनको मृत्युसम्बन्धी अनुसन्धान प्रतिवेदन परिवर्तन गर्न खोजिएको आरोप छ । मरीन कप्र्सको प्रारम्भिक प्रतिवेदनले एक डिभिजन कमान्डरसहित सात जनालाई चाएको मृत्युका लागि जिम्मेवार ठहर गरेको थियो ।
सहायक विशेष सल्लाहकार चौङ मिन–यङका अनुसार, कमान्डरको नाम समावेश भएकोमा युनले असन्तोष प्रकट गर्दै राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई दबाब सिर्जना गरी प्रतिवेदन संशोधन गराउन प्रेरित गरेका थिए ।
दबाब अस्वीकार गरी प्रतिवेदन प्रहरी कार्यालयमा पठाउने मरीन कप्र्स अनुसन्धान टोलीका प्रमुख पार्क जङ्ग–हुनलाई युनले बर्खास्त गर्न तथा अवज्ञाको आरोपमा अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको चौङले बताए ।
सहायक सल्लाहकार चौङका अनुसार, युन र अन्य अभियुक्तहरूले व्यवस्थित रूपमा शक्ति दुरुपयोग गरी मरीन कप्र्सको अनुसन्धान टोलीको ’निष्पक्षता र स्वतन्त्रता कमजोर पार्ने’ कार्य गरेका छन् ।
हाल जेलमा रहेका युनले नयाँ अभियोगबारे कुनै टिप्पणी गरेका छ्रनन् । उनीमाथि चलिरहेको मुख्य विद्रोह मुद्दाको फैसला आगामी वर्षको सुरुमा आउने अपेक्षा गरिएको छ, जसमा दोषी ठहरिए मृत्युदण्ड वा आजीवन कारावास हुनसक्छ ।
युनमाथि यसअघि उत्तर कोरियाली क्षेत्रमा सैन्य तनाव उत्पन्न गर्न ड्रोन उडानको आदेश दिएको आरोपमा पनि अभियोग दर्ता भएको थियो ।
राष्ट्रपति पौडेलले यस निर्वाचनको परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।
‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल पनि गर्दछु,’ उनले भने ।
राष्ट्रपतिले सोही कार्यक्रममा पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउने प्रयासप्रति खुशी व्यक्त गर्दै व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
Facebook Comments