न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरू आयोगको कार्यालयअगाडि धर्नामा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते ०३:३०
Image of https://mayorsap.com/storage/photos/shares/dondda-pidit-dharna.jpg

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले आज सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग कार्यालयअगाडि धर्ना दिएका छन् ।

उनीहरूले दुवै आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।

आम द्वन्द्वपीडित समुदायको आह्वानमा भएको विरोध कार्यक्रममा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफ्नो विश्वास नरहेको भन्दै वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने माग गरे ।

उनले राज्यले जबरजस्ती आयोग गठन गरेको र पीडितहरू न्याय प्रक्रियामा सहभागी हुन नपाएकोमा असन्तुष्टि व्यक्त गरे ।

यता, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले भने पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आयोग प्रतिबद्ध रहेको बताए ।

उनले सबै सरोकारवालाहरू एकजुट भए न्यायिक प्रक्रिया तीव्र हुने विश्वास व्यक्त गरे ।


Facebook Comments