आज कुन मुद्राको मूल्य कति ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १८:३६
Image of https://mayorsap.com/storage/photos/shares/dollar-2_1.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्। 

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा  थियो।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । 

त्यसैगरि युरो १ को खरिदर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ६९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५२ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


Facebook Comments