एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/npl6.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ । विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्।

तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ। चितवनले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ ।  विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने चितवन पाँचौं स्थानमा रहेको छ ।  


Facebook Comments