नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृ*त्यु
सन्तकुमार प्रहरी नियन्त्रणमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १७:२०
काठमाडौं । नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट एक ६० वर्षीय बुवाको मृत्यु भएको छ ।
मंगलबार राति पौने १२ बजे घरायसी विवाद र झै–झगडा हुँदा ३० वर्षीय सन्तकुमार विकले आफ्ना बुवा रामबहादुर विकलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते रामबहादुरलाई उपचारका लागि मध्यबिन्दु अस्पताल, डण्डा पुर्याइए पनि गएराति सवा १२ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
कुटपिट गर्ने सन्तकुमार विकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments