इथियोपियाको ज्वालामुखीको खरानी नेपालसम्म, प्रदूषणको छैन खतरा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १८:५६
काठमाडौं । झन्डै १२ हजार वर्षपछि गत आइतबार इथियोपियामा फुटेको ज्वालामुखीबाट निस्केको खरानी, धुवाँ र खनिज पदार्थयुक्त बादल नेपालसम्म आइपुगेको छ । उक्त बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालको वायुमण्डलमा प्रवेश गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहाल र स्वतन्त्र मौसमविद् विनोद पोखरेलका अनुसार खरानी र धुवाँ समुद्री सतहभन्दा १० देखि १५ किलोमिटर माथि (माथिल्लो वायुमण्डलमा) सीमित रहेकाले नेपालको वातावरणमा प्रदूषण गराउने सम्भावना छैन ।
महाशाखाले नेपालको हवाई उडानमा कुनै समस्या नदेखिएको जनाएको छ । भारतमा भने सोमबार र मंगलबार ज्वालामुखीको बादलका कारण ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला वा रद्द भएका थिए ।
इथियोपियामा १४ किलोमिटर उचाइसम्म पुगेको सो धुवाँको गति प्रतिघण्टा १००–१२० किमी रहेको बीबीसीले उल्लेख गरेको छ ।
Facebook Comments