रास्वपा सचिवालय बैठक : देशभर र्‍यापिड एक्सन टिम गठन गर्ने निर्णय

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १७:५५
Image of https://mayorsap.com/storage/photos/shares/rsp-raswopa-sachiwalay.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी राजनीतिक ध्रुवीकरणलाई प्राथमिकता दिँदै पाँच बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । 

बैठकले सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरूलाई मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तनका लागि सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टीले आगामी निर्वाचनलाई केन्द्रित गरी गतिविधिहरू अगाडि बढाउने क्रममा प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई धन्यवाद दिँदै उक्त जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यसका साथै, पार्टीको ग्रासरुट सक्रियता बढाउन सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने निर्देशन पनि प्रदेश तथा जिल्ला सङ्गठनहरूलाई दिइएको छ ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा पार्टी विधानअनुसार कीर्तिपुर नगर समितिलाई विघटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।


Facebook Comments