प्रधानमन्त्रीले हटाइन् १४ जना सचिवालय सदस्य, अब ६ जना मात्रै रहने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते ००:४८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका भएका व्यक्तिहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि ठूलो संख्यामा कटौती गरेकी छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहित नातेदारलाई नियुक्त गरेको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा १४ जनालाई हटाएर ६ जनामा झारिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क सल्लाहकार–१, प्रमुख स्वकीय सचिव– १, प्रेस संयोजक–१, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)–१ र जनस्वास्थ्य विज्ञ (अवैतनिक)–१ गरी ६ जना मात्र कायम राखिएको छ। बाँकी सबै पदको नियुक्ति यही मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको छ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम छ। यसअघिका सरकारहरूमा प्रायः सबै पदमा नियुक्ति गर्ने प्रचलन थियो।
Facebook Comments