विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

User Image मेयरसाप डेस्क | २०८३ असोज ०८ गते १२:०५
Image of https://mayorsap.com/storage/photos/shares/ashoj-9.jpg

काठमाडौं । नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

नेपाल बाढी सूचनाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को (मध्यम जोखिम) रहेको जनाएको छ ।

यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तथा खोलाको बहाव बढ्न सक्ने अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ ।


Facebook Comments