बल्खुमा सार्वजनिक जग्गा मिचेर बनाइएका अव्यवस्थित टहरा हटाइयो
काठमाडौं महानगरको डोजर बल्खुमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १७:५३
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १४, बल्खुस्थित जनविकास माध्यमिक विद्यालय आसपासमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहराहरू भत्काएको छ ।
महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा मिचेर बनाइएका थिए र तिनले विद्यालय सञ्चालनमा बाधा पुर्याइरहेका थिए । यो घटना अनधिकृत संरचना हटाउने महानगरको निरन्तर अभियानको हिस्सा हो ।
टहरामा बसोबास गर्दै आएका बाढीपीडित सुकुम्बासी परिवारहरूले भने महानगरको यो कदमलाई अन्यायपूर्ण बताएका छन् । उनीहरूले बस्ती फर्कने वैकल्पिक व्यवस्था नभएको अवस्थामा टहरा भत्काइएकोमा आपत्ति जनाएका छन् ।
Facebook Comments