प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच बालुवाटारमा छलफल
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते ००:४१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा महत्त्वपूर्ण छलफल भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट र छलफलको तयारी स्वरूप यो बैठक आयोजना गरेकी हुन् । अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा उनी छिन् ।
छलफलमा नेकपा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए ।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी थिए ।
छलफलको एजेन्डाबारे विस्तृत जानकारी आउन बाँकी छ ।
Facebook Comments