कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ मंसिर १५ गते १०:५२
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।आइतबार सभापति शेरबहादुर देउवाले पदाधिकारी र केही नेतासहितको छलफलमा पार्टीको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति देउवा आफैँ सहजीकरणका लागि सक्रिय भएका हुन् ।
आजको बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ। एक महिनाअघि नै सुरु कांग्रेस केन्द्रीय समिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद पेचिलो बन्दै जाँदा पटक–पटक सर्दै आएको छ ।
Facebook Comments