आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते ११:३२
Image of https://mayorsap.com/storage/photos/shares/68ff2398acdfb_1.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनको भाउ आज केही घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो । 


Facebook Comments