मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते १२:३१
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ खुवाएका हुन् ।
यादव यही मङ्सिर १९ गते सात दलीय गठबन्धनका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका सांसदहरूको समर्थन छ ।
नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको आदेशपछि मङ्सिर १७ गते राजीनामा दिएपछि कांग्रेस नेता यादवको नेतृत्वमा सरकार गठन भएको हो ।
मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन् । उनले मङ्सिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
Facebook Comments