१० अंकले बढ्यो नेप्से, ५ अर्ब माथिको कारोबार

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १५:५४
Image of https://mayorsap.com/storage/photos/shares/nepsenepse_2.jpg

काठमाडौं । धितोपत्र बजार परिसूचक नेप्से १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा पुगेको छ । 

बुधबार ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी १.६१ प्रतिशतको वृद्धि देखिएको छ भने अन्य सबै उपसूचकहरू पनि सकारात्मक रहेका छन् । 

दिनभरिको कारोबारमा एसवाई प्यानल र ङादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् । अर्कोतर्फ, विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज ग्रीन भेन्चर लिमिटेड अग्रस्थानमा रह्यो । उक्त कम्पनीको १७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । 


Facebook Comments