अंशु गौतम ह*त्याका मुख्य आरोपी अधिकारी जेल चलान

बलात्कार प्रयासपछि भएकाे थियाे हत्या

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १२:५९
Image of https://mayorsap.com/storage/photos/shares/anshu-hatya.png

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्याका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

बिहीबार जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले करणी उद्योग र हत्याको गम्भीर कसूरमा मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गत असोज २१ गतेदेखि बेपत्ता भएकी अंशुको शव कात्तिक ७ गते जङ्गलमा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको थियो । प्रहरीले ‘जस्टिस फर अंशु गौतम’ अपरेसन सञ्चालन गरी लामो अनुसन्धानपछि मंसिर १८ गते अधिकारीलाई पक्राउ गरेको थियो ।

अभियुक्तले बयानका क्रममा बलात्कारको प्रयास असफल भएपछि पोल खुल्ने डरले बालिकाको निर्ममतापूर्वक हत्या गरेको स्वीकार गरिसकेका छन् । अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।


Facebook Comments