पतञ्जलि जग्गा हिनामिना प्रकरण : आज सुनुवाइ हुँदै
१८ करोड बिगो र भ्रष्टाचारको अभियोग
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते ११:१७
काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी सरकारी जग्गा व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको अभियोगमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न गैरकानुनी रूपमा स्वीकृति दिएको दाबी अभियोगपत्रमा गरिएको छ ।
Facebook Comments