खानेपानीको जोहो गर्नै बित्छ ५० परिवारको दिनचर्या

भोजपुरको कुमाल बस्ती काकाकुल

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते ११:३८
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_18.jpg

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती लामो समयदेखि खानेपानीको अभावमा छट्पटाइरहेको छ ।

बस्तीका ५० परिवारले बिहान–बेलुकाको समय पानीको जोहो गर्नै खर्चिनुपर्ने भएपछि उनीहरूको कृषि र मजदुरी लगायतका अन्य कामहरू प्रभावित बनेका छन् ।

स्थानीय कृष्णबहादुर कुमालका अनुसार पिउने पानीको अभावले सरसफाइ र स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ । हिउँद लागेसँगै मुहान सुक्ने भएपछि महिला, बालबालिका र वृद्धवृद्धाहरू घण्टौँ हिँडेर पानी ओसार्न बाध्य छन् ।

यता, वडाध्यक्ष सुमन विसुन्केले यो समस्या समाधानका लागि आफूहरू प्रयासरत रहेको र चालु वर्षमा खानेपानी व्यवस्थापनका लागि ७ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिएको दिए ।

बजेट विनियोजन भए पनि काम समयमै सम्पन्न नहुँदा स्थानीयले अझै सास्ती भोग्नुपरेको छ ।


Facebook Comments