कोशी प्रदेशमा २८ सिटका लागि ५०५ उम्मेदवार

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १२:०३
Image of https://mayorsap.com/storage/photos/shares/photo-3_2.jpg

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा कुल ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक तथ्याङ्कमा उम्मेदवारको सङ्ख्या उत्साहजनक देखिएको छ, जसमा सबैभन्दा बढी मोरङमा ११८ र सुनसरीमा ११० जना चुनावी मैदानमा उत्रिएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ यसपटक राष्ट्रिय राजनीतिकै केन्द्रविन्दु (इपिसेन्टर) बनेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह दुवैले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवारी दिएपछि यो क्षेत्रको भिडन्तलाई देशभर निकै चासोका साथ हेरिएको छ ।

यस्तै, झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुँदैछ, भने झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मैदानमा छन् ।


Facebook Comments