जापानका पूर्व प्रधानमन्त्री आबेका ह*त्यारालाई आजीवन काराबास
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १२:२२
एजेन्सी । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने ४५ वर्षीय तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ ।
तीन वर्षअघि चुनावी सभामा गोली प्रहार गरी आबेको हत्या गरेको अभियोगमा अदालतले यामागामीलाई दोषी ठहर गर्दै यो कडा फैसला सुनाएको हो ।
अभियोजकहरूले यस हत्यालाई द्वितीय विश्वयुद्धपछिको जापानी इतिहासकै सबैभन्दा अकल्पनीय र गम्भीर घटना भन्दै समाजमा यसको नकारात्मक प्रभाव निकै ठुलो रहेको तर्क गरेका थिए ।
८ जुन २०२२ मा नारास्थित एक स्टेसनमा भाषण गरिरहेका बेला यामागामीले आबेमाथि घरेलु हतियारले गोली प्रहार गरेका थिए ।
आबे जापानको इतिहासमा सबैभन्दा लामो समय (दुई कार्यकाल) प्रधानमन्त्री हुने प्रभावशाली नेता थिए ।
प्रतिपक्षी वकिलहरूले सजाय घटाउन माग गरे तापनि घटनाको गम्भीरतालाई हेर्दै अदालतले आजीवन काराबासकै अन्तिम फैसला गरेको हो ।
Facebook Comments