जाँचबुझ आयोगको म्याद दोस्रो पटक थप्ने तयारी

प्रतिवेदन आउन अझै समय लाग्ने

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १३:३०
Image of https://mayorsap.com/storage/photos/shares/gauri-bahadur-karki_1.jfif

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षति र घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद पुनः थप्ने तयारी भएको छ ।

थपिएको एक महिने म्याद यही माघ ८ गते सकिनै लाग्दा प्रतिवेदन लेखनको काम नसकिएकाले थप १५ देखि २० दिन समय माग गरिएको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, प्रतिवेदनको ८० प्रतिशत काम सम्पन्न भएको छ । आयोगका अध्यक्ष कार्कीले यसबारे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जानकारी गराइसकेका छन् ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट यसबारे औपचारिक निर्णय हुने बताइएको छ । यसअघि आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुख र आन्दोलनकारी पक्षसँग बयान लिइसकेको छ ।


Facebook Comments