निर्वाचनमा सामाजिक सञ्जालकाे दुरुपयोग गरे कारबाही हुने

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १५:३३
Image of https://mayorsap.com/storage/photos/shares/photo_72.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरेको छ ।

बैठकले ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ बमोजिम चारवटै सुरक्षा निकायको परिचालन र बन्दोबस्तीबारे विस्तृत समीक्षा गरेको हो ।

बैठकले विशेष गरी निर्वाचन प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी निगरानी गर्ने र गैरकानुनी कार्य गर्नेमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ ।

राजनीतिक दल र उम्मेदवारहरूको सुरक्षा सुनिश्चित गर्न ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिँदै सबै संयन्त्रहरूलाई सक्रिय बनाउन गृहमन्त्रीले आदेश दिएका छन् ।

बैठकमा गृह र रक्षा सचिवका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।


Facebook Comments