जोशीले सम्हाले स्वामीकार्तिक खापरमा प्रशासकीय अधिकृतको जिम्मेवारी

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ ७ गते १५:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_19.jpg

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा दयाराम जोशी नियुक्त भएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवबहादुर चौधरीको सरुवा भएपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत जोशीलाई प्रशासनिक नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जोशीको अनुभव र इमानदारितालाई कदर गर्दै यो नियुक्ति गरिएको बताए ।

पदभार ग्रहण गर्दै जोशीले पालिकाको प्रशासनिक कामलाई थप चुस्तदुरुस्त बनाउने र सुशासनका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

बुढिगंगा नगरपालिका निवासी जोशी यसअघि शिक्षा अधिकृतका रूपमा पालिकाको शैक्षिक सुधारमा सक्रिय थिए । आज एक कार्यक्रमका बीच उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।


Facebook Comments