रास्वपा वरिष्ठ नेता बालेन साह इलाममा

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १०:११
Image of https://mayorsap.com/storage/photos/shares/balen_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह इलाम पुगेका छन् । झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका साह आज बिहान इलाम पुगेका हुन्। उनले झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका थिए ।  

इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम– २ का उम्मेदवार गोकुलबहादुर राईसँग भेट गरेका छन् । बालेन इलाम पुग्दा उनलाई भेट्ने र सँगै फोटो खिँच्दै हात मिलाउनेको भीड लागेको देखिन्छ । उनी आज पाँचथर सदरमुकाम फिदिममा पुग्ने कार्यक्रम छ । 


Facebook Comments