इलाममा अटो दु*र्घटना हुँदा १८ वर्षीय युवकको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १०:३२
इलाम । इलामको देउमाई नगरपालिकामा आज बिहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ स्थित पानीटार चियाबारी नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरी सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका लुइँटेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments