निर्वाचमा भरपर्दो सुरक्षा योजना बनाउन आईजीपी कार्कीको निर्देशन
जिल्ला प्रमुखहरूलाई 'ब्रिफिङ
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते ११:२४
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजनासहित प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा सुरक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै उनले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना सङ्कलन र प्रभावकारी सुरक्षा व्यवस्थामा जोड दिएका हुन् ।
महानिरीक्षक कार्कीले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू उमाप्रसाद चतुर्वेदी र सुशीलसिंह राठौरले समेत कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुरूप सक्रिय हुन निर्देशन दिइएको उक्त कार्यक्रममा सातै प्रदेश र जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थिति थियो ।
Facebook Comments