मुक्तिपथ आधारभूत विद्यालयको नयाँ भवन निर्माण
पठनपाठनमा सहजता
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते ११:४३
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा नयाँ कक्षा कोठा भवन निर्माण भएको छ ।
गाउँपालिका र जर्मन संस्था ‘हिमालय फ्रेण्ड्स इभी’ को आर्थिक सहयोगका साथै स्थानीय उपभोक्ताको श्रमदानबाट चार कोठे भवन र शौचालय निर्माण गरिएको हो ।
भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा ५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यस्तै, जर्मन संस्थाले १ लाख ४९ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
यसअघि पुरानो भवन जीर्ण हुँदा विद्यार्थीलाई पठनपाठनमा निकै समस्या हुँदै आएको थियो । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा हाल १९ जना विद्यार्थी अध्ययनरत छन् ।
Facebook Comments