राष्ट्रपतिबाट पूर्ण माफी पाएको छु : रेशम चौधरी
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १४:४४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं. १ का उम्मेदवार रेशम चौधरीले आफ्नो उम्मेदवारी विरुद्ध परेको उजुरीमाथि निर्वाचन कार्यालयमा लिखित स्पष्टीकरण बुझाएका छन् ।
उनले राष्ट्रपतिबाट संविधान बमोजिम आफूले आंशिक नभई ‘पूर्ण माफी’ पाएकाले उम्मेदवार बन्न कुनै कानुनी बाधा नरहेको दाबी गरेका हुन् ।
स्पष्टीकरणका क्रममा चौधरीले आफूलाई माफी दिने पत्रमा बाँकी कैद माफी नभई फैसला बमोजिम लागेको कैद सजाय माफी भन्ने स्पष्ट शब्द उल्लेख भएको जिकिर गरे ।
‘कैद सजाय माफी भएपछि त्यो पूरै सजाय माफी हो, आंशिक होइन,’ उनले भने, ‘आंशिक माफीबाट मात्र आपराधिकता नमेटिने व्याख्या हुन सक्छ, तर मेरो हकमा सजाय नै माफी भएकाले म चुनाव लड्न पूर्ण योग्य छु ।’
उनले आफूसहित १९ जनाले सोही प्रक्रियाबाट माफी पाएको समेत उल्लेख गरे । निर्वाचन अधिकृतको कार्यालयले उनकने यो स्पष्टीकरण र प्राप्त प्रमाणका आधारमा आजै उम्मेदवारीको वैधानिकता बारे निर्णय सुनाउने तयारी गरेको छ ।
Facebook Comments