त्रिवि क्रिकेट रङ्गशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश
अत्याधुनिक र ठुलो क्षमताको बनाइने
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १४:५९
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।
सहरी विकास मन्त्रालयले यस आयोजनालाई प्राथमिकताको सूचीमा राख्दै रङ्गशालाको स्तरोन्नति र विकासलाई गति दिने निर्णय गरेको हो ।
वर्तमान सरकारले असोज अन्तिम साता रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ पूर्वाधार निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन त्रिभुवन विश्वविद्यालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत निर्देशन दिइसकेको छ ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना कार्यान्वयनका लागि यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।
यो लगानीसँगै रङ्गशालाको दर्शक क्षमता अभिवृद्धि गरिने र यसलाई अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक रङ्गशालाका रूपमा विकास गरिनेछ ।
Facebook Comments