इतिहासमै पहिलो पटक प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य
एकैदिन ९ हजार २ सयले वृद्धि
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते ११:१७
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ३२० रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बिहीबारको तुलनामा यो वृद्धि निकै उच्च हो। यो साताको सुरुदेखि नै सुनको मूल्य लगातार बढिरहेको छ । गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उछाल आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर र चाँदी ९८ डलरमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो ।
Facebook Comments