नवनिर्वाचित कांग्रेस सभापति थापाले पदवहाली गर्दै

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते ११:३५
Image of https://mayorsap.com/storage/photos/shares/gagan-1 ffgxcgghg.jpg

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा कार्यभार सम्हाल्दै छन् । काठमाडौंमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।

पदवहालीसँगै आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बस्दै छ । बैठकमा मुख्यगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी र देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार आजको बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरू र सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको यो पहिलो बैठकलाई कांग्रेसको आगामी चुनावी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।


Facebook Comments