फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न

अध्यक्षमा सुरज बन्जाडे निर्वाचित

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते ११:५५
Image of https://mayorsap.com/storage/photos/shares/photos-25-bc2bf6e8.jpg

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २४औँ वार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ । 

सभाले आगामी दुई वर्षका लागि सुरज बन्जाडेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष पदका लागि निर्वाचन भएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।

साधारण सभामा महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो । सभाले दिवंगत अध्यक्ष सुरेन्द्र प्रसाद दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

एसोसिएसनले विगतको कार्यकालमा सदस्यता विस्तार, दक्ष जनशक्ति उत्पादनका लागि तालिम र दृष्टिविहीनलाई सेतो छडी तथा विद्यार्थीलाई जुत्ता वितरण जस्ता सामाजिक कार्यहरू गरेको प्रतिवेदनमा उल्लेख छ ।

नवनिर्वाचित अध्यक्ष बन्जाडेले नेपाली जुत्ता चप्पल उद्योगलाई थप व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन सरकारसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी सदस्यहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी नीतिगत सुधारमा जोड दिन सुझाव दिएका थिए ।


Facebook Comments