राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा वसन्त श्रवण

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/krb-ktm-9-u3a8894copy.JPG

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमीको अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा ‘वसन्त श्रवण’ गरेका छन् । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिने यस विशेष दिनमा वसन्त श्रवण गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक गरी टीका, माला र प्रसाद प्रदान गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


Facebook Comments