मनाङमा एमाले र राप्रपाको उम्मेदवारी फिर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १२:४४
काठमाडौं । हिमाली जिल्ला मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् ।
निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि मनाङमा पाँच जनाको उम्मेदवारी परेको थियो । एमाले–राप्रपाले नाम फिर्ता लिएपछि अब नेपाली कांग्रेसका टेकबहादुर गुरुङको चुनावी प्रतिस्पर्धा निकै सहज देखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १ बजेपछि उम्मेदवारी फिर्ताको औपचारिक निर्णय सार्वजनिक गर्ने जानकारी दिएको छ ।
Facebook Comments