सभापति बनेपछि पहिलोपटक सानेपा पुगे गगन थापा

औपचारिक रूपमा पदभार ग्रहण

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १४:५३
Image of https://mayorsap.com/storage/photos/shares/gagan_1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

सानेपामा आजै बस्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले सभापति थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

पार्टीलाई नयाँ उत्साहका साथ निर्वाचनमा लैजान र ‘मिसन २०८२’ लाई सफल पार्न थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न लागिएको कांग्रेस स्रोतले जनाएको छ ।

नयाँ नेतृत्व चयन भएपछि यसअघिका बैठकहरू होटलमा बस्दै आए पनि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै थापा नेतृत्वको टोली आज सानेपा प्रवेश गरेको हो ।

बैठकले निर्वाचन परिचालन समिति गठन गर्ने र चुनावी एजेन्डाहरूबारे समेत ठोस निर्णय लिने बताइएको छ ।


Facebook Comments