कांग्रेस सभापति थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

निर्वाचनअघि नै कांग्रेसको स्पष्ट सन्देश

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १६:१८
Image of https://mayorsap.com/storage/photos/shares/gagan_1.jpg

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले थापालाई प्रधानमन्त्रीको ‘चेहरा’ बनाएर निर्वाचनमा होमिने निर्णय गरेको हो ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पेस गरेका थिए, जसलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार, मुलुकको वर्तमान राजनीतिक आवश्यकतालाई सम्बोधन गर्न यो निर्णय लिइएको हो ।

प्रस्तावक शर्माले गगन थापासँग जुझारु छविका साथै प्रतिकूल समयमा संयम रहेर समस्या समाधान गर्न सक्ने परिपक्व क्षमता रहेको बताए । ‘परिवर्तित समयको नेतृत्व गर्न र सुसंस्कृत राजनीतिको कमान्ड सम्हाल्न उहाँ योग्य हुनुहुन्छ,’ शर्माले भने ।


Facebook Comments