बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता प्रहरी हिरासतमा स्थानान्तरण
सानोथिमि रणमैदान, बाल सुधार गृह ध्वस्त
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १६:३६
भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति भएको भीषण झडप र आगजनीपछि त्यहाँका सबै संरचना बस्नै नमिल्ने गरी ध्वस्त भएका छन् ।
सुधार गृह पूर्ण रूपमा क्षति भएपछि त्यहाँ रहेका १६९ जना बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका विभिन्न प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ ।
भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार, रातभर भएको झडप र तोडफोड नियन्त्रण गर्ने क्रममा २० जना प्रहरी र ८ जना बालबिज्याइँकर्ता घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ८४ युवा र २४ बालिकालाई सुरक्षा संवेदनशीलताका कारण सुरक्षित स्थानमा सारिएको हो । सुधार गृहको संरचना पुनर्निर्माण भएपछि उनीहरूलाई पुनः त्यहाँ फर्काइने प्रहरीले जनाएको छ ।
सुधार गृहभित्र १८ वर्ष नाघेका ३५ वर्षसम्मका युवासमेत सँगै बस्दा सुरक्षा चुनौती थपिएको र पटक–पटक यस्ता हिंस्रक घटना भइरहेको कर्मचारीहरू बताउँछन् ।
यता सानोथिमि क्षेत्रका स्थानीय बासिन्दाले भने बस्तीको बीचमा रहेको सुधार गृहका कारण आफूहरू असुरक्षित भएको भन्दै यसलाई अन्यत्रै स्थानान्तरण गर्न माग गरेका छन् ।
Facebook Comments