प्रतिनिधिसभा निर्वाचन : ४९ जनाले लिए उम्मेदवारी फिर्ता
चुनाव चिन्ह पाउँदै उम्मेदवारहरू
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १६:५०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिए ।
आयोगका अनुसार, प्रत्यक्षतर्फको अन्तिम नामावली आजै देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ ।
उम्मेदवारहरूलाई आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि उम्मेदवारको नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको छ ।
समानुपातिकतर्फको अन्तिम नामावली दाबी विरोधको प्रक्रिया सकिएपछि उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
Facebook Comments