न्यायालय जले पनि न्याय जलेको छैन : प्रधानन्यायाधीश राउत
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १७:४०
बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको भौतिक संरचनामा क्षति पुगे पनि नागरिकले पाउने न्याय नजलेको बताएका छन् ।
उच्च अदालत पोखराको बागलुङ इजलासका लागि निर्मित अत्याधुनिक भवनको उद्घाटन गर्दै उनले न्यायालय खरानीबाट पुनः बौरिएको उल्लेख गरे ।
प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आगलागी हुँदा नष्ट भएका २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी पुनः तयार भइसकेको जानकारी दिए ।
‘वकिल, बार र सरकारी कार्यालयको सहयोगमा हामीले मिसिलहरू जुटाएका छौँ, न्यायालय पुरानै अवस्थामा फर्कन थालेको छ,’ उनले भने ।
जेनजी आन्दोलनपछिको संवेदनशीलतालाई बुझ्दै सेवा प्रवाहको गुणस्तर बढाउन र नागरिकको विश्वास जित्न उनले न्यायाधीश तथा कर्मचारीहरूलाई निर्देशन दिए ।
भूकम्प र पछिल्ला अवरोधका बाबजुद समयमै निर्माण सम्पन्न भएको यो साढे छ तलाको भवन प्रविधिमैत्री र अपाङ्गमैत्री छ ।
Facebook Comments