बलियो शक्ति नबने देश फेरि अनिष्टतर्फ जान सक्छ : प्रचण्ड
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १७:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुलुक अझै पनि सङ्कटबाट पूर्ण रूपमा मुक्त नभएको बताएका छन् ।
शुक्रबार नेकपा एमाले ओखलढुङ्गा जिल्ला समितिको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति र जनएकता निर्माण हुन नसके देश फेरि दुर्घटनामा पर्न सक्ने चेतावनी दिए ।
‘दुर्घटना पूरै टरिसक्यो भन्ने अवस्था छैन,’ उनले भने, ‘देशलाई अनिष्टतर्फ जानबाट रोक्न र बलियो राष्ट्रिय शक्ति बनाउन नै हामीले एकताको अभियान सुरु गरेका हौँ।’
उनले एमालेभित्र रहेका देशभक्त र वामपन्थीहरूलाई पनि यस महाअभियानमा सामेल हुन अपिल गर्दै ओखलढुङ्गाले एकताको नयाँ ढोका खोलिदिएको दाबी गरे ।
Facebook Comments