पद बहालीपछि सभापति थापाले भने– ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’
'समुन्नति नै अबको एक मात्र ध्येय'
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १८:१०
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पद बहाल गर्दै ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’को संकल्प सार्वजनिक गरेका छन् ।
कार्यभार सम्हालेलगत्तै सभापति थापाले नयाँ यात्राको मुख्य ध्येय देशको समुन्नति मात्र रहेको स्पष्ट पारेका हुन् ।
आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ ।
परिवर्तित समय र जनभावनाअनुसार पार्टीलाई डोर्याउँदै अब कांग्रेस पूर्ण उत्साहका साथ निर्वाचनमा होमिने थापाले बताए ।
Facebook Comments