Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चिसाे छल्न बेँसी (औल) झरेका बाजुराका अधिकांश भोटे जनजाति मतदानबाट बञ्चित हुने

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ १४ गते १८:४१
Image of https://mayorsap.com/storage/photos/shares/bajura-election.png

बाजुरा । चिसाे छल्न बेशीतिर झरेका बाजुराका अधिकांश भाेटे जनजाति समुदायका व्यक्ति मतदान गर्नबाट बञ्चित हुने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी यहाँ रहेका भाेटे जनजाति मतदानबाट बञ्चित हुने भएका हुन्।

भोटे जनजातिका अधिकांश समुदाय चिसो छल्न बेशी तिर झरेपछि उनीहरु फागुन २१ मा हुने मतदानबाट वञ्चित हुने भोटे जनजाति महासंघका पुर्व अध्यक्ष नृप थापा (भोटे) ले बताए ।उनका अनुसार,बेँसी झरेका भाेटेजाती चैतमा मात्रै गाउँ फर्किने हुँदा उनीहरु मतदान बाट बञ्चित हुने जानकारी दिए।

बाजुरामा ५ सय बढी भाेटे जनजाति परिवार बसोवास गर्ने गरेका छन् । जसमा २७ सय बढी मतदाता रहेका छन् । ती मतदाता मध्ये अधिकांश मतदानबाट बञ्चित हुने भएका हुन्। बाजुराकाे बडिमालिका ७ ढम्कने, बुढिनन्दा नगरपालिका १,२,३,७,८,९,१० र हिमाली गाउँपालिका २ र ३ मा भोटे जनजाति बसाेबास बस्ने गरेका छन् । 

यिनिहरु पहाडमा चिसाे छल्न भेडीगाेठ सहित बर्षेनी बेँसी झर्ने गरेका छन् । बर्षेनी यहाँका भाेटे जनजाति मतदानबाट बञ्चित हुँदै आएका छन्। बाजुराको तल्लो भेग, अछाम, डोटी र बझाङ्गमा बाजुराका भाेटजाती बसाइ सर्ने गर्छन् ।

यता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले उनीहरुलाई मतदान गर्न प्रेरित गर्दै सहभागी हुन आग्रह गरिने बताए ।

बाजुराका उच्च हिमाली तथा लेकाली भू-भागमा अत्याधिक चिसो हुने भएकोले हिउँदकाे चार महिना भाेटेजाती भेडीगोठ सहित बेँसी (औंल) तिर झर्ने गर्छन्।चिसोका कारण भेडाबाख्राको चरनको लागी लेकमा कठिनाई हुने भएकोले बेँसीतिर भेडीगोठ सार्न गरिएक बाजुराको बुढिनन्दा नगरपालिका ९ अगाउपानीका भेडापालक कृषक शिव थापाले बताए ।

उनका अनुसार,हिमालमा हिमपात संगै चिसो हुने भएपछि यहाँका भेडिगोठ धमाधम बेँसीतिर झर्ने र हरेक बर्ष मतदानमा समस्या हुने बताए ।९ वटा स्थानीय तह रहेकाे बाजुरामा ८७ हजार बढि मतदाता कायम छन्। ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।

जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेकाे निर्वाचन कार्यालय बाजुराले जनाएको छ।बाजुराबाट आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनकाे लागी एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। 

आगामी निर्वाचनका लागी नेपाली कांग्रेसकाबाट जनकराज गिरी,नेकपा एमालेबाट लाल बहादुर थापा,नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर शाह,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा,स्वतन्त्र उपेन्द्र शाही,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही,प्रगतिशिल लाेकतान्त्रिक पार्टीबाट दिपक कुमार डि.सी,र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वार चुनावी मैदानमा छन्।


Facebook Comments