Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

फेरि बढ्याे सुनकाे मूल्य, तोलामा नाघ्यो ३ लाख

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते ११:२३
Image of https://mayorsap.com/storage/photos/shares/gold_1.jpg

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम गरिएको छ । मङ्गलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ५८ अमेरिकी डलर र चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments