Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बन्धक बनाएर फिरौती असुल गर्ने दुई जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते ११:३६
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई बन्धक बनाएको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार, उनीहरूले कल्याणपुर नगरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारेका थिए । गत पुस २० गते गया पुर्याएपछि मरिकको मोबाइल र शैक्षिक प्रमाणपत्रहरू खोसेर एक होस्टलमा बन्धक बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडित मरिकका अनुसार, उनलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारसँग फिरौती माग गरिएको थियो । अभियुक्तहरूले पीडितको परिवारबाट २ लाख १७ हजार २०० नेपाली रुपैयाँ र मरिकको साथमा रहेको ३० हजार भारतीय रुपैयाँ समेत असुल गरेको पाइएको छ । पीडितको उजुरी र प्रहरीको सक्रियतापछि उनीहरूलाई नियन्त्रणमा लिई थप कानुनी कारबाही अघि बढाइएको छ ।


Facebook Comments