समुन्नत नेपालको रोडम्यापसहित कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

'समुन्नत नेपाल, सम्मानित नेपाली'

No Author Assigned | २०८२ फागुन ०६ गते १७:३९
Image of https://mayorsap.com/storage/photos/shares/partigya-patra.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार जनकपुरको तिरहुतियामा आयोजित एक भव्य समारोहका बीच पार्टीको निर्वाचन ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेका छन् ।

कांग्रेसले यसपटकको चुनावी एजेन्डालाई ‘भिजन टेन’को सारसंक्षेपका रूपमा प्रस्तुत गर्दै समुन्नत नेपाल र सम्मानित नेपालीको परिकल्पना अघि सारेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यस प्रतिज्ञापत्रमा जिम्मेवारी, स्पष्ट दृष्टिकोण र संकल्पको आत्मवोध समाहित छ । 

‘नेपाल संसारकै उत्कृष्ट देश बन्न सक्छ भन्ने भावना र त्यसलाई साकार पार्ने कार्ययोजनासहित हामी आएका हौँ,’ प्रवक्ता चालिसेले भने, ‘यो देखाउनका लागि मात्र होइन, अक्षरशः कार्यान्वयन गर्नका लागि तयार पारिएको दस्तावेज हो ।’

कांग्रेसले अघि सारेको ‘भिजन–१०’ मा सम्मानित भएर बाँच्न पाउने अधिकारदेखि तीव्र आर्थिक समुन्नतिको मार्गसम्मका १० वटा मुख्य आधारहरू समेटिएका छन् ।

पार्टीले अबको राजनीति केवल कुरामा मात्र सीमित नभई कार्यसम्पादनको आधारमा गरिनुपर्ने र जनताले त्यसकै आधारमा मूल्यांकन गर्नुपर्ने बताएको छ ।

प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले आगामी निर्वाचनपछि कांग्रेसले लिने नेतृत्वले मुलुकको विकासमा फड्को मार्ने दाबी गरे । जनकपुरको यो घोषणाले मधेस मात्र नभई समग्र देशलाई लोकतन्त्र र समृद्धिको साझा सूत्रमा जोड्ने थापाको विश्वास छ ।


Facebook Comments