नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक हैदराबाद हाउसमा सुरू
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०७ गते १२:२१
काठमाडौं । नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक नयाँ दिल्लीको हैदराबाद हाउसमा सुरु भएको छ।
केहीबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ। यसअघि प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।
यो प्रतिनिधिमण्डलस्तरीय बैठक पछि दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
Facebook Comments