प्रधानमन्त्री बालेनलाई भारतमा ‘गार्ड अफ अनर’, सुरक्षा व्यवस्था कडा

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०७ गते १०:५६
Image of https://mayorsap.com/storage/photos/shares/guard-of-hour-of-balen.jpg

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएकाे छ । प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेकाे हाे ।

‘गार्ड अफ अनर’ समारोहस्थलमा रातो कार्पेटमा माेदीले बालेनसँग अंकमाल गरेका छन् ।  सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

‘गार्ड अफ अनर’ समारोहस्थलमा एक छेउमा सञ्चारकर्मीहरुलाई तथा अर्को छेउमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेकाहरुलाई राखिएको थियो।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।


Facebook Comments